• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

पुल नहुँदा यात्रुलाई सास्ती

काठमाडौं । पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।

 

विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बनेपनि खोलामा पक्की पुल नबन्दा वर्षायामको समयमा यात्रुले सधै हैरानी खेप्नु परेको छ । 

 

जिल्लाको मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकले यात्रा गर्दा उक्त सडक खण्डका खहरे खोलामा वर्षेनी सास्ती खेपिरहेका छन्। एक झर पानी परिहाल्यो भने त्यस क्षेत्रका खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकोले पानी पर्ने वा नपर्ने मौसम हेरेर हिँड्नुपर्ने बाध्यतामा रहेको सवारी चालक भीमबहादुर कार्कीले बताए । माथिमाथि ठूलो पानी पर्दा खोला बढेपछि निकै जोखिम मोलेर यात्रा गर्दा यात्रुसहित हामी दैनिक असुरक्षित बन्नु परेको उनले गुनासो गरे ।

 

तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डका ५ वटा खोलामा पक्की पुल छैनन् । यस सडक खण्डको झर्ना, हुलाके, धनार्जी, फूलबारी र सिलादी गरी कुल पाँचवटा खोलामा पक्की पुल छैनन् । यो सडक सर्वसाधारण मात्र हिँड्ने सडक होइन ।

 

मालिका गाउँपालिकाका जनप्रतिनिधि, मदाने गाउँपालिकाका जनप्रतिनिधि, इस्मा गाउँपालिकाका जनप्रतिनिधि र विकल्प भए पनि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिसमेत हिँड्ने सडक हो । तर, अहिलेसम्म कसैले पहलकदमी काम भने गर्न सकेका छैनन् । सन्तोष महतारा/कारोवार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार