• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
राजनीति

पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि आज दिल्ली जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि आज दिल्ली जाने भएका छन् ।

 

केही दिनअघिबाट अस्वस्थ भएका नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा जाने बताइएको छ। उनले यसअघि पनि सोही अस्पतालमा उपचार गराउदै आएका थिए। उनी आज बुधबार  दिल्ली उड्ने तयारी भएको उनको सचिवालयले जनाएको छ ।

 

एकसाता अघि ज्वरो, थकान र स्वास फेर्न समस्या भएपछि खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। उनलाई त्यहाँ वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइदै आएको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार