बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
चितवन । बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनको रत्ननगरमा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ वर्षीय अनिल मगर र पछाडी बस्ने सुनसरी धरान ९ का २० वर्षिय गौरव राई रहेका चितवन प्रहरीले जनाएको छ । उपचारका लागि पुरानो मेडिकल कलेज पठाउने क्रममा बाटोमै दुबैको मृत्यु गएको हो ।
सनराइज बोर्डिङ स्कुलको बसले रत्ननगर–१० को हरिहर मन्दिर अगाडी ९ः२० बजे मोटरसाइकललाई ठक्कर दिएको थियो । नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले विपरित दिशा तर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस