• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
राजनीति

'आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हामी देखाउँछौँ' 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले माघ २३ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रचण्ड-माधव नेपाल समूहको प्रदर्शनको प्रतिउत्तरमा ओली समूहले आमसभा गर्न लागेको हो ।

 

पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने घोषणा गरेका छन्। ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् ।

 

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौं ।' उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी पनि गरे ।

 

प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए । त्यस्तै विरोधसभाबारे टिप्पणी गर्दै उनले देशभरीबाट अलि अलि मान्छे जम्मा हुनु स्वभाविक भएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार