• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
स्वास्थ्य

बेलायतबाट नेपाल आएका तीन जनामा देखियो नयाँ प्रजातीको कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 

बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस २७ गते हङकङ प्रयोगशालामा पठाएकोमा उनीहरूमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार भएको पुष्टि भएको डा.गौतमले जानकारी दिए ।

 

कोरोनाको नयाँ प्रकार देखिनेहरूमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष रहेका छन् । लक्षण नदेखिएका उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र एक जना आइसोलेशनमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार