• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
राजनीति

नेकपा अध्यक्ष  प्रचण्ड र  चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, यान्छीले दिईन पुस्तक उपहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। 

 

राजदूत यान्छी प्रचण्डसँग भेट गर्नका लागि सोमबार बिहान खुमलटार पुगेको प्रचण्ड निकट स्रोतले बताएको छ। भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ । 

 

स्रोतका अनुसार, राजदूत यान्छीले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल गरेको बताइएको छ । त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी थिइन । 

 

यसअघि पनि नेकपामा विवाद मध्यस्थकर्ताको भूमीका निभाएकी  चिनियाँ राजदूत यान्छी सक्रिय भएर नेकपाका नेताहरुसँग भेटवार्ता गर्ने गरेकी थिइन्। प्रचण्डसँग सोमबार भेट गर्नुअघि राजदूत यान्छीले मंसिर २ गते साँझ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेकी थिइन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार