• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, देउवालाई सरकारमा आउन आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  भेटवार्ता भएको छ दुबैबीच शनिवार करिब ३ घण्टा भेटवार्ता भएको थियो ।

 

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले देउवालाई सरकारमा आउन आग्रह गरेको र सत्ता साझेदारीका लागि के गर्नुपर्छ आफ्नोतर्फबाट तयार रहेको बताएको जनाइएको छ। 

 

दुबैबीचको भेटमा नेकपाका तर्फबाट  सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रमेश लेखक पनि सहभागी रहेको बताइएको छ । कांग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा बिभाजन छ । सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आए पनि त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए ।  

 

प्रधानमन्त्री ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । तर, उक्त भेटमा प्रधानमन्त्रीले सत्ता साझेदारीको कुरा पनि गरेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार