पन्जाबमाथि राजस्थानको रोमाञ्चक जित
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी जित निकालेको छ ।
राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ गर्दै आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो । शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।
राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए । मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।
पन्जाबको यो दोस्रो हार हो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ। एजेन्सी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस