‘आत्मअहंम’
मेरो कात्रो मैले जलाए
किन उपद्रो चिच्याउनु
झण्डा त हैन नि !
मेरो आत्मसम्मानमा भोटको चोट
कसले देख्यो कति छम्का लाग्यो ?
यो सिस्टमसँग मेरो ठुलो गुनासो छ,
मैले लाउने कट्टुको फोटो
किन होर्डिङ बोर्डमा टासेको ?
मेरो त इज्जत हो यार !
माथिल्लो सिडि त टाढै भो
तलकाहरुले त सुनन
‘भर्याङ्गको खुट्टोले थुप्रै कमिलाहरु किचेको छ ।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस