स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा पूर्वगाविस अध्यक्षको मृत्यु, तीनजना बेपत्ता
काठमाडौं । स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा माथिबाट झरेको पहिरोमा पुरिएर तत्कालीन पुर्व गाविस अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको र तीनजना अझै बेपत्ता रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।
बेपत्ता हुनेमा सोही वडाका प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा रहेको सोही वडाका वडाध्यक्ष पाण्डेले बताए । अहिले पहिरोमा स्थायी, नेपाली सेना र नेपाल प्रहरीले खोजी जारी राखेका छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस