• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
देश/प्रदेश

सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्र नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

यादवले पदमा रहँदा एक करोड ८५ लाख ११ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । २०३६ साल मंसिरमा सरकारी सेवा प्रवेश गरेका यादव २०७४ फागुनमा अवसका पाएका थिए ।

 

उनले सरकारी सेवामा रहँदा दुई करोड ८७ लाख ८६ हजार चारस सय ६८ रुपैयाँ आर्जन गरे गरेको पाइएपनि वैध आम्दानी जम्मा एक करोड दुई लाख ७४ हजार सात सय ३९ मात्र पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार