• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

जातीय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध : राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जातीय भेदभावविरुद्ध देशका विभिन्न जिल्लामा भएका घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन्। मंगलबार ट्वीट गर्दै अध्यक्ष थापाले मानवता विरोधी यस्ता घटना आगामी दिनमा पुनः दोहोरिन नदिन नेपाली समाज सचेत हुनुपर्ने बताएका छन् ।

 

उनले  ट्वीट गर्दै लेखेका छन् कि,‘जातीय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो । अन्तरजातीय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनिय छन् ।

 

अपराधीलाई कानुन बमोजिम कार्वाही त हुने नै छ तर मानवता बिरोधी यस्ता कलंक पुन : दोहरिन नदिन नेपाली समाज पनि सचेत रहनु पर्दछ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार