• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

कोरोना सङ्क्रमण रोक्न ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गरिने

काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ।

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर ,विमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो ।

 

मुलुकभर ५० हजार त्यस्ता स्वयम्सेविका रहेको समितिले जनाएको छ । उनीहरूलाई बीमा लगायत अन्य सेवा सुविधा पनि सरकारले निर्धारण गर्नेछ ।

 

यसैगरी, क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएकोमा अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ।

 

आजको बैठकले नेपाली सेना सहित, चिकित्सा, स्वास्थ्यकर्मी सम्मिलित प्यासेन्ट रिसिभ टिम ९पीआरटी० बनाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार