• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
राजनीति

कांग्रेसले कमण्डलु लिएर उपसभामुख माग्दैन : डा. रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमागेको स्पष्ट पारेको छन। 

 

सभामुखमा अग्नि सापकोटालाई  सघाएपछि जनस्तरमा भइरहेको चर्को विरोधलाई लक्षित गर्दै  रिजालले उपसभामुख कस्लाई बनाउने भन्ने नेकपामा भर पर्ने बताएका छन  ।

 

संविधानमा सभामुख र उपसभामुख अलग-अलग पार्टीको हुनुपर्छ भन्ने स्पष्ट व्यवस्था रहेको पनि उनले स्मरण गराए। संविधानको भाव र सार बुझ्न नेकपा नेताहरुलाई आग्रह गर्दै संविधानको भाव अनुसार निर्णय गर्ने सुझाव दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार