साताको मोडल : बोल्ड एण्ड व्युटीफुल परिशी
काठमाडौं । आमा सौन्दर्यबिद भएकोले सानै देखि मेकअपमा रुची राख्ने परिशीकार रंजीत पर्फ्केट फिगर एवं राम्रो हाइटले गर्दा टिन एजमा नै सन् २०१६ देखि नै र्याम्प मोडलिङ गर्न थालिन । धेरै र्याम्प शोको अनुभवले उनमा अझ बढी कन्फिडेन्ट बढ्न थाल्यो । पढाई संगसंगै उनले आफ्नो मोडलिङ यात्रालाई पनि अघि बढाइन ।
परिशीले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । एउटा कुशल मेकअप आर्टिस्ट, उनीसंग व्युटी प्याजेन्टको पनि अनुभव छ ,उनले 'मिस नेपाल कल्चर' मा फर्स्ट रनर अपको उपाधि जित्नुका बराह ज्वेलरीको क्यालेन्डरमा पनि फेशन मोडलको रुपमा फिचर हुने मौका पाइन ।
के एण्ड के ब्रान्डको ब्रान्ड एम्बेसेडर भइसकेकी उनी रोज सीप बिकास तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर पनि हुन् । सम्भवत : नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिद्यार्थी परिशी आमाको इच्छा चाहना समेतले इण्डियामा बसेर कस्टमेटिक साइन्स अध्ययन गरिरहेकी छन् ।
मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र उनी त्यसपछि नेपालमा नै आएर नयाँ नयाँ कस्मेटिक सामानहरु समेत उत्पादन गर्ने एव नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन् ।
प्रस्तुति : जयन सुब्बा मानन्धर
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस