• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
साताको मोडल

करुणाको मिस नेपाल बन्ने चाहना

काठमाडौं । १५ बर्षको उमेरमा इभ्नेट फर यु ले आयोजना गरेको 'मिस एसईई पोखरा' बाट करुणा राउत गल्यामर  क्षेत्रमा प्रवेश गरेकी हुन् ।

 

'मिस एस ई ई पोखरा' मा  सेकेन्ड रनरअप भएपछि उनले  पोखरामा धेरै फेशन शोहरुमा क्याटवाक गर्ने मौका पाइन । मोडलिङमा रुची भएकोले आफ्नो पढाई संगसगै करुणाले र्‍याम्प शोलाई पनि निरन्तरता दिँदै गईन।  

 

'ग्लेम फेशन नाइट' मेरो पहिलो रन वे शो हो ,सुरुमा क्याटवाक गर्दा नर्भस भएको थिए तर पछि स्टेजमा जाँदा नर्भसनेस हरायो ' र्‍याम्प शो को पहिलो अनुभव सुनाउदै उनले भनिन् ।

 

 

पोखरामा रनवे शोहरु गर्दा गर्दै करुणा पढाईको लागि अस्ट्रेलिया गइन्  हाल अस्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभार्सिटीमा नर्सिंगमा स्नातक अध्यन गरिरहेकी उनी अस्ट्रेलिया आएर पनि धेरै रेम्प शो हरुमा सहभागी भईन ।

 

यसका साथै हलिवुड डिजाइनर रक्की गेदरकोलको फेशन शो मा पनि क्याटवाक गर्ने मौका पाइसकेकी करुणा सिड्नी न्यु साउथ वाल्समा सम्पन्न  'मिस ग्लेमर लुक अस्ट्रेलिया २०१९' मा नेपालको प्रतितिधित्व गर्दै टप फाइभमा पुगेकी थिइन । यसका साथै उनले  मिस पपुल्यारिटी टाइटल जित्न सफल भएकी थिईन् । 

 

 

अस्ट्रेलियामा मोडलिङ सँगसगै कार्यक्रम प्रस्तोताको रुपमा आफुलाई व्यस्त बनाएकी करुणाले केही महिना अघि 'नेपथ्य' को कन्सर्टमा इभेन्ट होस्ट गरेकी थिइन । ग्य्राजुयसन पछि 'मिस नेपालमा' सहभागी हुने चाहना रहेको उनले बताइन । 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार