• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
साताको मोडल

सरिताको ‘बोल्ड लुक’

काठमाडौं । नेपालमा रहँदा र्‍याम्प शो, म्युजिक भिडियो, पेपर एड र फेशन शुट मोडलिङबाट धेरै अनुभव बटुलेकी सरिता शाह थारु फ्रेन्च नागरिकसँग बिवाह पछि फ्रान्स मै बस्दै आएकी छिन् । 

 

 

उनी बर्षमा एकपटक नेपाल आउने गर्छिन । उनलाई मोडलिङको अझैपनि छाडेको छैन । फ्रान्समा पनि उनले मोडलिङलाई निरन्तरता दिईरहेकी छिन् । उनले फ्रेन्च फेशन फोटोग्राफरसँग फेशन म्यागजिनका लागि फेशन शुट गराउनुका साथै, फ्रेन्च बिज्ञापन एवं दुइवटा फ्रेन्च सर्ट मुभीमा पनि काम गरिसकी छन् । 

 

 

बोल्ड लुक भएकोले उनलाई फ्रान्समा मोडलिङको लागि अफर गरिएको उनी बताउँछिन् ‘न्याचुर्ली मेरो स्किन ब्ल्याक र कपालकर्ली छ, फ्रेन्चहरुले मलाई बोल्ड लुक छ भन्ने गर्छन् र मोडलिङको लागि अफर गर्छन । यसमा पुरै समय दिन नसकेपनि आफ्नो कामबाट समय निकालेर पार्ट टाइम मोडलिङ गर्छु ।’ 

 

प्रस्तुति : जयन  सुब्बा मानन्धर


तस्वीर : उमंग शाही


लोकेसन : जम्बो फोटो ग्राफिक स्टेशन, हात्तीसार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार