• शनिबार १-८-२०८१/Saturday 04-20-2024
साताको मोडल

साताको मोडल : बोल्ड एण्ड व्युटीफुल परिशी 

काठमाडौं । आमा सौन्दर्यबिद भएकोले सानै देखि मेकअपमा रुची राख्ने परिशीकार रंजीत पर्फ्केट फिगर एवं राम्रो हाइटले गर्दा टिन एजमा नै सन् २०१६ देखि नै र्‍याम्प मोडलिङ गर्न थालिन । धेरै र्‍याम्प शोको अनुभवले उनमा अझ बढी कन्फिडेन्ट बढ्न थाल्यो । पढाई संगसंगै उनले आफ्नो मोडलिङ यात्रालाई पनि अघि बढाइन ।  

 

परिशीले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । एउटा कुशल मेकअप आर्टिस्ट, उनीसंग व्युटी प्याजेन्टको पनि अनुभव छ ,उनले 'मिस नेपाल कल्चर' मा फर्स्ट रनर अपको उपाधि जित्नुका  बराह ज्वेलरीको क्यालेन्डरमा पनि फेशन मोडलको रुपमा फिचर हुने मौका पाइन ।

 

 

के एण्ड के ब्रान्डको ब्रान्ड एम्बेसेडर भइसकेकी उनी रोज सीप बिकास तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर पनि हुन् ।  सम्भवत : नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिद्यार्थी परिशी आमाको इच्छा चाहना समेतले इण्डियामा बसेर कस्टमेटिक साइन्स अध्ययन गरिरहेकी छन् ।

 

 

मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र उनी त्यसपछि नेपालमा नै आएर नयाँ नयाँ कस्मेटिक सामानहरु समेत उत्पादन गर्ने एव नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन् ।

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार