• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
स्वास्थ्य

खप्तड मेलामा सेनाको निःशुल्क स्वास्थ्य शिविर

खप्तड । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा लागेको गङ्गा दशहरा मेलामा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँले निःशुल्क उपचार सेवा लिएका छन्।खप्तडमा तैनाथ रहेकाे श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले तीन दिनसम्म मेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

 

गङ्गा दशहरा मेला भर्ना आएका हजारौं दर्शकलाई लक्षित गरी सेनाले उक्त शिविरको आयोजना गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । उक्त शिविरमा ८०० भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरिनुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको बताइएको छ ।

 

उक्त शिविरमा नाक, कान, घाँटी, ज्वरोलगायतका बिरामीको सङ्ख्या बढी भएको निःशुल्क शिविर आयोजकले जनाएको छ । सेनाले सञ्चालन गरेको उक्त निःशुल्क शिविरबाट सयौँ नागरिकले सेवा तथा औषधि पाएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।  

 

सुदूरपश्चिमको प्रमुख पर्यटकियस्थल खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन उक्त गङ्गा दशहरा मेला लाग्ने गर्दछ । मेलाका लागि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न आउने गर्दछन् । मेलामा आएकालाई बस्न, खान लागयत अन्य कुनै समस्या नहोस् भन्दै त्यहाँ रहेका सैनिकले पालको व्यवस्था गर्दै आएका छन् भने मेलामा आएकाका लागि वर्षेनी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार