सन्दीप लामिछाने क्यारेबियन लीगमा ७० हजार डलरमा अनुबन्धीत
काठमाडौं । नेपाली स्पिनर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्ने भएका छन् । लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा आफ्नो टोलीमा आबद्ध गरेको हो ।
लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो । उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् । लेग स्पिनर सन्दिपले गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए।
सन्दिपसँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु रोहितकुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई भने कुनैपनि टोलीले चासो देखाएनन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस