नेता किमले लेखेको पत्र लिएर कोरियाली अधिकारी अमेरिकामा
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनका दाहिने हात मानिने एक उच्च अधिकारी अमेरिकाको राजधानी वासिंटन डिसी पुगेका छन् ।
किमका नजिकका व्यक्ति एवं उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तामा सहभागीमध्येका एक किम योङ्ग चोल अमेरिकी अधिकारीसँगको भेटका लागि डिसी पुगेका छन् ।
चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ । चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाफले जनाएको छ ।
किम र ट्रम्पबीचको दोस्रो वार्ता भियतनाममा हुने तयारी भइरहेको खबर आइरहेका बेला चोल किमको चिट्ठी लिएर अमेरिका पुगेका हुन् ।
ट्रम्प र किमबीच गत वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको काम गरिरहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस