चलचित्र 'अनागत' को टीजर सार्वजनिक (टीजर सहित)
काठमाडौं । चलचित्र ‘अनागत’को टीजर सार्वजनिक भएको छ । माघ ११ गते प्रर्दशन हुने चलचित्र अनागतको टीजर आज सार्वजनिक गरिएको हो ।
चलचित्रको टिजरमा श्रीमानश्रीमती बिच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।
टीजरमा प्रियंका कार्की, अर्पण थापा, प्रविण खतिवडा, रोसिन देखिएका छन् । चलचित्रमा अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, अनु शर्मा, कुमार क्षेत्री लगायत कलाकारहरुको अभिनय गरेका छन् भने साम्तेन भुटियाले चलचित्रलाई निर्देशन गरेका हुन ।
चलचित्रको कथा चन्द के झाको लेखेका हुन भने प्रवचन श्रेष्ठ र भुटियाले पटकथा तयार पारेका हुन । सिसन बानियाँले छायांकन गरेको चलचित्रको फिल्ममा चन्द्र के झा, तेरिङ लमु शेर्पा र साम्तेन भुटिया निर्माता रहेका छन् । निर्देशक भुटिया स्वंयले सम्पादन गरेका हुन् । चलचित्र चन्द्र के झा, तेरिङ लमु शेर्पा र साम्तेन भुटिया निर्माता रहेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस