• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

सन्जिब र सुजताको ‘नाइँ नाइँ हुन्न हुन्न’सार्वजनिक(भिडियो सहित)

काठमाडौं । गायक सन्जिब पराजुलीको नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पराजुलीसँगै गायिका सुजता उपाध्यायको आवाज सुन्न सकिन्छ ।

गीतमा मानस राजको शब्द र संगीत रहेको छ भने गीतमा उदयराज पौडेलको एरेन्ज छ । यस गीतलाई एल्बम ‘उडान–२’ मा समावेश गरिएको छ ।

 

गायक सन्जिबको ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’, ‘हिट हिट गीत’, ‘सोचमा’लगायतका गीत रुचाइएका गीतमा पर्छन्  ।

 

त्यस्तै गायिका सुजाताको ‘आए म त परेर चिटिक्कै’, ‘हात थामी’, ‘तिम्रो मौन इशारा’ रुचाइएका गीतमा पर्छन् ।  

 

कार्टुन क्रिउको प्रस्तुतीमा तयार पारिएको भिडियो फरक कन्सेप्टमा तयार गरिएको छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, सन्जिब पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी(बनी), पेम्बा मगर, निम्बाबु तामाङ फिचर्ड छन् ।

 

डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

 

भिडियो सहित :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार