• सोमबार १-१७-२०८१/Monday 04-29-2024
स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंगलबार प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो ।

 

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार