पत्रकार सिवाकोटी र भण्डारी सम्मानित
पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिती ९रासस० का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिए ।
पोखरामा आज आयोजित डिएलएको बार्षिक साधारणसभाका अवसरमा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन ।
प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व.लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस