• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
मनोरञ्जन

म र्‍यापर हो नायक होइन : बादशाह 

मुम्बई । निर्देशक शिल्पी दासगुप्ताले मलाई फिल्म ’खानदानी सफाखाना’ लागी अफर गनुभयो, म त अन्योलमा परे । मैले बिश्वास नै गर्न सकिन कि म पनि फिल्मको लागी छनोट हुन सक्छु । यो कसरी सभ्भव भयो भनेर म सोच्न थाले ।  त्यसपछि मैले फिल्मको स्क्रिप्ट पढे र मलाई आफनो क्यारेक्टर सुनेर ठिक लाग्यो । म सेट तर्फ गए शूटिंङ शुरु भयो । जब ट्रेलर सुरू भयो , मैले सोचें कि यो मैले अभिनय गरेको पहिलो फिल्म हो । म अझै पनि यो सोचर अचम्ममा परेको थिए कि किन कसैले मलाई अभिनेता बनाउन चाह्यो र आफ्नो पैसा म माथी लगाउन खोज्यो । 

 

र्‍याप कलाकार बादशाह पपको गीतहरू र उनको नृत्यको लागि चर्चित छन् , तर उनी  आफ्नो अभिनय डेब्यूको कुराले गर्दा लामो समयसम्म अलमल्ल परेका थिए । उनले अभिनय गरेको फिल्म ’खानदानी  सफाखाना’ खासै चल्न त सकेन तर फिल्ममा बालशाहले पनि अभिनय गरेको भनेर धेरै चकित परेका छन् ।

     


 

फिल्ममा पहिलो अनुभव ?
म अन्योलमा थिए , थाहा थिएन कि म यो गर्न सक्छु कि सक्दिन । फिल्ममा मेरो एउटा गायकको भूमिका थियो, मैले शिल्पी म्याम  र मृग सरलाई पहिले देखिनै चिन्थे र सोनाक्षी र वरुण  मेरा राम्रा साथी हुन् । मैले सोच कि यदी मैले गल्ती गरेँ भने फेरी मैले  एक वा दुई टेक सोनाक्षीसँग फेरि लिन्छु । म सुटिगमा मलाई कसैले केही नभनुन भन्न्े चाहन्थे  । मलाई गाली गर्ने हुन् कि भन्ने डर पनि थियो । पहिलो टेक दिँदा मैले शिल्पी म्यामलाई देखे । उहाँ म भएको ठाउँमा आउँदै हुनुहुन्थ्यो ।  तर समयले उहाँलाई सोनाक्षीतिर फर्काईदियो । सोनाक्षीले उनलाई के गर्ने भनेर बताउन थालिन् । मैले उनलाई सोधे , के मेरो टेक राम्रो थियो ? उनले भनिन अ भयो । म धेरै खुसी भए । त्यसपछि लग्यो कि कतै उनीहरूले मलाई बेवास्ता गरिरहेका छैनन् ? यो सोचेर कि म केवल एक गायक हो । यो भन्दा राम्रो यो बाट हुने छैन भन्ने सोचेका छन् कि जस्तो लाग्यो ।
    
 

पहिलो गीत गाह्रो थियो कि फिल्म ?
पहिलो गीतको समयमा मलाई कुनै समस्या भएन किनभने त्यहाँ गुमाउनु पर्ने केही थिएन, तर पहिलो फिल्ममा मैले महशुस गरें कि यसमा मैले राम्रो गर्नुपर्छ अन्यथा मेरो नाम र इज्जतमा दाग लाग्न सक्छ । 


    

 

कुनै दिन फिल्ममा अभिनय गर्छु होला भन्ने लागेको थियो ? 
म अभिनय भनेपछि मरिमेट्ने पनि होइन । यद्यपी कतै न कतैबाट फिल्मका लागी प्रस्तावहरू आइरहन्थे । मैले पहिलो ’लस्ट स्टोरीज’ मा विक्की कौशलको भूमिका पाएको थिए  तर त्यसबेला मैले महशुस गरें कि यो भूमिका गर्नु मेरो छविको बिरूद्ध हो । जे भए पनि ठूलो भुमिका थिएन । मैले ’गुड न्यूज’ मा पनि भूमिका पाएँ, तर मैले अस्वीकार गरें । तर मैले यस फिल्मलाई भने नाइँ भन्न सकिन किनकि यसको कथा छुट्टै थियो । यस्तो लाग्छ कि मेरो अनुहारमा केहि छ जसले गर्दा फिल्मका लागी प्रस्तावहरु आइरहेका छन् । 

 

तपाईलाई यौन शिक्षाको मतलब के हो जस्तो लाग्छ ?
म धेरै खुसी थिएँ कि मैले पढेको स्कूलमा यौन शिक्षा हाम्रो व्याचबाट नै शुरू गरिएको थियो । घरमा त्यस्तो वातावरण थिएन । यो पनि हुनसक्छ कि हाम्रो आमाबुबा पनि बताउन चाहानुहुन्थ्यो तर हामी भाग्यौं । म भाग्यशाली छु कि हाम्रा शिक्षकहरूले यौनको बारेमा यती राम्ररी व्याख्या गरेका छन् । आज, जब यो समाज हाम्रो पुस्ता परिवर्तन भएका छ आमाबाबुले आफ्ना बच्चाहरूलाई सम्झाउनु पर्छ कि जसरी सानो चोट पटक लाग्दा उपचार गर्नका लागि डाक्टर कहाँ गइन्छ , त्यसैगरी कुनै यौन रोग वा यौन सम्बन्धी समस्या आयो भने डाक्टरको मा उपचारको लागि जानु भनेर भन्न सक्नु पर्छ । वेभ दुनियाँ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार