सन नेपाल लाइफद्वारा ६० लाख रुपैयाँ सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले भाद्र १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषका लागि ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो ।
बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति कम्पनीले गहिरो समवेदना व्यक्त गरेको छ । साथै कम्पनीले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दैवी प्रकोपबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस