• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
बिश्व

भारतमा प्रधानमन्त्री मोदीले कल्पनै नगरेको आन्दोलन

काठमाडौँ । यो आन्दोलन लाखौँ युवा भारतीयहरूले भोग्दै आएको एउटा डरबाट भयो। आफ्नो भविष्य निर्धारण गर्ने परीक्षामाथि नै विश्वास गर्न सकिँदैन भने केमा चाहिँ गर्न सकिन्छ?

 

केही साताको विरोधपछि सोमवार दशौँ हजार युवायुवतीले भारतको संसद्तर्फ मार्च गर्ने प्रयास गरे। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्‍यो। त्यसयता अझ हजारौँ मानिस सडक आन्दोलनमा सहभागी हुँदै आएका छन्।

 

महत्त्वपूर्ण प्रतिस्पर्धात्मक परीक्षाहरूमा बारम्बार प्रश्नपत्र 'लीक' भएपछि उत्पन्न आक्रोशसँगै कक्रोच जनता पार्टी (सीजेपी) जन्मिन पुग्यो। युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।

 

सीजेपीले शैक्षिक सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएको छ। अहिलेको आन्दोलनको केन्द्रमा अभियानकर्मी सोनम वाङ्चुक छन्। उनी आन्दोलनको पक्षमा २६ दिन अनशनमा बसे ।

 

बिहीवार राति अनशन टुङ्ग्याउनुअघि उनले आफ्नो तौल ११ किलोग्राम घटेको बताएका थिए। वाङ्चुकको अनशन टुङ्गिएको भए पनि विद्यार्थी नेताहरू आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने अडानमा छन् । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार