• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
राजनीति

ओली र लेखक जिम्मा जमानीमा रिहा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  र पूर्वगृहमन्त्री रमेश लेखक जिम्मा जमानीमा रिहा भएका छन् । ओली र लेखक आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । 

 

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको  बताए । 

 

सर्वोच्च अदालतले चैत २३ गते ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो । सर्वोच्चले आजसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो। प्रहरीले पूरक बयान र अनुसन्धानमा सहयोग गर्ने सर्तमा कागज गराएर छाडिएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनबारे अनुसन्धान गर्न उहाँहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि रास्वपा नेतृत्वमा नयाँ सरकार गठन भएसँगै ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै उहाँहरूलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार