शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस