• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
देश/प्रदेश

उपसभामुखमा रुबीकुमारी निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

 

आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्।

 

निर्वाचनमा उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमालेले कसैलाई मतदान गरेन।

 

योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छिन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार