चट्याङ्गसहित वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ ।
महाशाखाका अनुसार सोमवार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशमा धेरै स्थानहरुमा, बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ ।
मङ्गलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । सो प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस