घिमिरे डेमोक्रेटिक प्राइमरीका उम्मेदवार
काठमाडौं । आगामी जुनमा हुने न्यूयोर्क स्टेट एसेम्बली डिस्ट्रिक : ३० को निर्वाचनको लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार सोमनाथ घिमिरेको नाम गुञ्जिन थालेको छ। तीन दशक अगाडि अमेरिकी भूमीमा आफ्नो पाइला राखेका घिमिरे यो अवधिमा आफनो जिवनको धेरै टर्निङ प्वाइन्टहरूलाई पार गरिसकेका रहेछन् । अमेरिका प्रवेशको केही समय पछि सामाजिक सेवा तर्फ उन्मुख भएका घिमिरेले अमेरिका त्यसमा बिशेष गरि न्यूयोर्क सिटीमा आफ्नो क्षमता प्रर्दशन गरेका रहेछन् । पेशाले कानून व्यवसायी रहेका घिमिरे आफ्नो पेशाको माध्यमले पनि धेरैलाई सहयोग गरेका छन् ।
अहिले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको सुख दुखको साथीको रूपमा नाम कमाई रहेका घिमिरेले अमेरिकामा नै मानवअधिकार पुरस्कार देखि विभिन्न क्षेत्रका पुरस्कारहरूले सम्मानित भै सकेका छन् ।बिगत देखि अमेरिकीबासी नेपालीहरूको हकहितको लागि पाइला चालिरहेका घिमिरेले गिरिजाप्रसाद फाउन्डेसन अमेरिकी च्यापटरको अध्यक्षको भूमीका पनि निर्वाह गरेका रहेछन् । अमेरिकीबासी नेपालीहरूको उत्थान गर्ने, नेपालीहरूमा देखिएको समस्यालाई तत्काल समाधानको उपाय खोज्ने नै आफ्नो उम्मेदवारी परेको घिमिरे बताउँछन् ।अमेरिकी राजनीति त्यसमा पनि प्रजातान्त्रिक विचारधारको मूल बिन्दूमा आस्था राखेर अमेरिकामा राजनीति गर्दै आएका घिमिरे अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको भाषण कला बाट प्रभावित भएका रहेछन् ।
घिमिरेको बिचारमा अमेरिका एउटा अवसरको मूलुक हो । जहाँ कुरालाई भन्दा कामलाई बढि महत्त्व दिइन्छ ।तर जसै कामले महत्त्व पाउन थाल्छ त्यसमा अर्को पाटो पनि जोडन आउँछ त्यो हो राजनीति । यहाँ राजनीति लाई पनि एउटा अवसरको रूपमा चित्रण गरिन्छ । आर्थिक अवसर सँगै राजनीतिक अवसर पनि ब्याप्त भएको यो मूलुकमा आर्थिक उपार्जन माथि भएका ब्यक्तिहरूमा राजनीतिले स्वत बास गर्ने ठम्याइ घिमिरेको छ ।अमेरिका प्रवेशको एक दशक आफ्ना लागि खर्चेका घिमिरेले त्यसपछिको दुई दशक अमेरिकामा बसोबास गर्ने नेपालीहरूको हकहितका लागि खर्चेका रहेछन् । सामाजिक सेवाको भाव सँगै राजनीतिमा पाइला चालेका घिमिरे पेशाले कानून व्यवसायी पनि रहेछन् । पेशागत हिसाबले पनि धेरै नेपालीहरूलाई उनले शुद्ध मनले सहयोग गरेका रहेछन् ।
पूर्ण प्रजातान्त्रिक अभ्यास हुने अमेरिकामा राजनीतिमा प्रवेश गर्दा तल देखि खारिएर मात्र मूल धारको राजनीतिमा प्रवेश पाउने हुँदा माथिल्लो सेक्टरमा छिर्दा खेरी खासै तितो अनुभव नहुने पनि बताउँछन् घिमिरे । यसरी साधारण नेपालीको छोरोले अमेरिकी राजनीतिमा यसरी हात हालौला र माथिल्लो तह सम्मको यात्रा गरौला भन्ने मनमा थिएन । तर समय, लगन र अथक परिश्रमको अगाडि केही लाग्दो रहेन्छ घिमिरे बताउँछन् । घिमिरे भन्छन् , आफूले दृष्टिगत गरेको बाटो नछोडि , सिक्दै जाँदा सफलता अवश्य पनि आफ्नो साथमा हुन्छ । साथै कानूनी दायरामा रहेर काम गर्दा तिनले पनि साथ दिने रहेछन् ।
अमेरिकामा रहेका नेपालीहरूमा सुखसयल छ भन्ने कुराहरू बाहिर निकै आउँछन् । तर यहाँको बास्तबिकता यहि बस्नेलाई मात्र थाहा हुन्छ भन्दै घिमिरे भन्छन् ,जति बेला हाम्रा दोस्रो पुस्ता अमेरिका प्रवेश गर्यो त्यो पुस्ताले आफ्नो मार्गदर्शनलाई सहि तरिकाले प्रयोग गर्न सकेन ।त्यसैले पनि अहिलेको पुस्ताहरूले विभिन्न झन्झटहरूको सामना गर्नु परेको हो । तर अब बाताबरण सहज हुँदै छ । यस्ता अब्स्टयागलहरूको निवारण हुन्छ । न्यूयोर्क सिटीबाट पहिलो पटक नेपालीहरूको पहिचान बोकेर उम्मेदवारको रूपमा उभिएका घिमिरे न्यूयोर्कमा रहेका नेपालीहरूको एकतामा कमि आउनु नहुने बताउँदै भन्छन् , यदि हामीमा एकता भएन भने अन्य समूदायमा गलत सन्देश जान्छ ।
कलेज पढ्दै गरेको बेला घटेको एउटा घटनाले घिमिरेको मुटु नै छेडेको रहेछ । सो घटना सम्झदै घिमिरे भन्छन् , हाम्रा एक जना प्रोफेसरले नेपाललाई भारतको प्रान्त भनेका थिए । उनको बिचारलाई गलत बताउन घिमिरेले नेपालको नक्सा देखाउने देखि विभिन्न नेपाली भाषाभाषीहरूलाई समेटेर फेसन सो नै गरेका रहेछन् । हुन् त अहिले विश्व नै संक्रमणको अवस्थामा छ ।तर आफ्नो क्षेत्र बाट न्यूयोर्कमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने र उनीहरूको हक हितको लागि लड्ने योजनामा घिमिरे रहेका छन् । जसको लागि आफूलाई नेपालीहरूले बिजयी गराउनेमा पनि घिमिरे ढुक्क छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस