ढुङेधाराहरु उत्खनन भएका छन् : अध्यक्ष होडा
काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल होडाले बातावरणमैत्री वडा बनाउन विभिन्न निकायहरुसँग संवाद र छलफललाई निरन्तरता दिईरहेका छन् । वडाका ६० घरमा आकाशे पानी रिचार्ज प्रणाली तयार हुँदैछ । व्यक्तिगत रूपमा आकाशको पानी पुर्णभरन गर्ने विषयमा पनि अहिले वडाबासीले चासो देखाएका छन । वडालाई बातावरण मैत्री बनाउन के कस्ता काम भएका छन भन्ने विषयमा केन्द्रित रहेर फ्रेसन्यूज नेपाल ले उहाँसंग गरेको कुराकानी :
वडालाई बातावरण मैत्री बनाउन कस्ता काम भइरहेका छन ?
यस वडाभित्र खुला स्थानहरु छन । एकदर्जन जति पार्कहरु छन । यहाँका खुला स्थानमा बोट बिरुवा लगाउने काम भइरहेका छन भने । पछिल्ले समय खासगरी उपत्यकामा बालबच्चा तथा जेष्ठ नागरिकहरुलाई सहज हुने हिसावमा पार्कहरु पनि निर्माण भएका छन ।
आकाशे पानी पुर्णभरनमा यहाँले चासो देखाउनु भएको थियो वडाका सार्वजनिक स्थलमा यो प्रणाली बिस्तार गर्न कति चुनौती छ ?
यसमा छिटै काम हुन्छ र कतिपय स्थानमा भइरहेको पनि छ । खास गरि वडा भित्रका खुला स्थान छन त्यस्ता ठाउँहरुमा यहाँको भूबनोट हेरेर छिटैं आकाशे पानी रिचार्ज प्रणाली बनाउने भनेर काम पनि हुदैछ । शहरी विकास केन्द्रको प्राविधिक सहयोगमा हामीले छिटै यो प्रकृयालाई अघी बढाउने हिसावमा काम भइरहेको छ भने Rain water Harvesting and Roftop farming का कामहरु पनि विगतको तुलनामा धेरैं गरिरहेका छौं । वडाबासीहरुको यस तर्फ आर्कशण पनि बढेको छ ।
यहाँ भएका ढुङेधाराहरुको अवस्था के कस्तो छ अहिले ?
दशवटा जति ढुङेधाराहरु उत्खनन भएका छन । केहि पुन प्रयोगमा पनि आएका छन । वडा भित्र रहेका प्रयोगबिहिन त्यस्ता संरचनालाई मर्मत गरेर प्रयोगमा ल्याउने गरि काम पनि हुदैं छ । यस क्षेत्रमा प्रयोगबिहिन इनारहरु पनि वडाले प्रयोगमा ल्याउदैं छ । दुई वटा इनार केहि दिन अघि मात्रै हामीले पुन प्रयोगमा ल्याएका छौं । आगामी दिनमा अझ धेरैं त्यस्ता संरचनाहरुलाई प्रयोगमा ल्याउनु पर्छ भनेर छलफल र संवादहरु पनि भएका छन र सोहि अनुसार यो अभियानलाई निरन्तरता दिन्छौं । यसमा वडाबासीको राय सल्लाह अनुसार नै काम भइरहेका छन ।





प्रतिकृया दिनुहोस