• आइतबार २-१७-२०८३/Sunday 05-31-2026
राजनीति

सुशीलाको नाममा सहमति, संसद विघटनबारे विवाद

काठमाडौं। अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरेका छन्। छलफलमा सहभागी दल तथा आन्दोलनकारी प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सहमति भए पनि संसद् विघटन गर्ने–नगर्ने प्रश्नमा अझै टुंगो लागेको छैन ।

 

जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन । जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ । सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन्।

 

अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको स्रोतको दावी छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार