• बिहीबार १-१७-२०८३/Thursday 04-30-2026
स्वास्थ्य

साउन १ गतेबाट ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम मार्फत २ लाखको उपचार प्राप्त गर्ने

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन १ गतेबाट ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने बताएका छन ।

 

कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत पुगोस भनेर सरकारले यस्तो व्यवस्था गरेकको मन्त्री पौडेलले  सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन  ।   



'अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ ।'

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार