• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
स्वास्थ्य

अस्पतालको फोहर व्यवस्थापनमा लापरवाही 

देवी सापकोटा
काठमाडौं । कलंकी स्थित नेशनल अस्पतालले विषाक्त फोहोर निर्मलिकरण नगरेको भेटिएपछि  १ बर्ष अघि एक लाख जरिवाना तिर्नुर्यो । फोहोर व्यवस्थापन गाइडलाइन्सले अस्पताल जन्य फोहोर निर्मलिकरण नगरेसम्म अर्को फोहोर संग राख्न नमिल्ने भनेको छ । गाइडलाइन्स अनुसार अस्पतालले जोखिमयुक्त फोहोर छुटाछुटैं निर्मलिकरण (अटोक्लेभ) गर्नुपर्दथ्यो । तर, महानगरको स्वास्थ्य र बातावरण विभागले गरेको अनुगमनमा विषाक्त फोहोर निर्मलिकरण नगरी राखेको भेटिएको थियो । अहिले यो अस्पतालले ८० प्रतिशत कुहिने फोहोर अस्पतालभित्रै व्यवस्थापन गर्न गरेको छ । फोहोर व्यवस्थापनका मापदण्ड अनुसार नै अस्पताल भित्र ५ किसिमका विनहरु छन । फोहोरको प्रकृति हेरेर छुटाछुटैं बिनहरुमा फोहोर संकलन गरिन्छ । अस्पतालका व्यवस्थापक समीर शर्माले हानिकारक फोहोरलाई छुटैं अटोक्लेभ मेसीनमा राखेर निर्मलिकरण गरीसकेपछि जिपलकं व्यागमा पोका बनाएर राख्ने गरेको बताए । फोहोर व्यवस्थापनमा काम गर्न सफाई कर्मचारीहरुलाई स्वास्थ्य समस्या नहोस भनेर बर्षमा एक पटक खोप दिने गरिएको छ । शर्माले थपे, ‘महिनामा एक पटक अस्पताल प्रशासनले नै सफाई कर्मचारीलाई तालिम दिन्छ, महानगरले पनि तालिममा सहभागी गराइरहेको हुन्छ ।’

 

अनुगमनको क्रममा मापदण्ड बमोजिम फोहोरको वर्गीकरण नभएको भेटिए अथवा अटोक्लेभ ९निर्मलिकरण गर्ने० प्रभावकारी नभएको देखिए कानुनी कारवाही हुन्छ ।काठमाडौं महानगरपालीका बातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को(ठ) बमोजिमको कसुर गरेकाले दफा ५२ को (ज) बमोजिम उक्त अस्पतालले जरिमाना बुझाएको थियो ।    महानगरपालीका वातावरण विभागको सिफारिसमा फोहोर व्यवस्थापन गाइडलाइन्समा तोकिएको मापदण्ड विरुद्धको कार्य गर्न यस नगर भित्रका अस्पताललाई महानगरले कारवाही गर्छ  भने दफा ५१ को खण्ड(ड) (ढ) र (ण) बमोजिमको कसुरमा प्रचलित सङघीय कानुन बमोजिम सजाय हुने कानुनी व्यवस्था छ । सरकारले अनुगमनका क्रममा अस्पताल भित्रको फोहोर व्यवस्थापनमा लापरवाही गरेको भेटिए खबरदारी, जरीवाना, सेवा निलम्बन, अनुमति खारेजसम्म गर्न सक्छ । महानगरका बातावरण विभाग र स्वास्थ्य विभागले उपत्यकाका मेडिकेयर, ओम, हेल्पीङ ह्यान्ड लगायत दर्जनौ अस्पतालमा  फोहोर व्यवस्थापन प्रभावकारी नभएको देखिपछि ती अस्पतालका सफाइ कर्मचारी र प्रतिनिधीहरुलाई फोहोर वर्गीकरण सम्बन्धी तालिम समेत दिएको थियो । अस्पतालले माग गरेको खण्डमा यस्ता तालिमको व्यवस्था समेत हुदैं आएको छ । जनसंख्याको चापसंगै महानगरको फोहोर व्यवस्थापन र यसले बातावरणमा पार्न प्रभावलाई प्राथमिकतामा राखेर पछिल्लो समय यस्ता अनुगमनलाई थप तीव्रता समेत दीएको विभागका प्राविधिक ऋषी प्रसाद भूषालले जानकारी दिए । भुषालले थपे ‘पैसा नलाग्ने टोल फ्री नम्बर  १०८० मा दैनिक गुनासाहरु आइरहेका हुन्छन, मानिसको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने र स्वास्थ्य सम्वेदनशीलताका आधारमा महानगरले कारवाही अगाडी बढाउने गरेको छ’। घर,पसल व्यवसाय,होटल, धोगिक प्रतिष्ठानबाट फोहोर निस्कन्छ ।अन्य स्थानबाट निस्केका फोहोरहरुको तुलनामा स्वस्थ्यजन्य फोहोरको जोखिम बढी हुन्छ। अस्पताल अन्यको तुलनामा अति नै सम्वेदनशील क्षेत्र पनि हो ।

 

अस्पतालको फोहोर संकलनकै क्रममा ध्यान दिनुपर्दछ । सबै फोहोर एकै ठाउँमा राख्नु भनेको अन्य फोहोरलाई पनि संक्रमित फोहोर बनाउनु हो । विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेसनल अफिर्सस डा। सुदनराज पन्थीले अस्पतालहरुले फोहोरको वर्गीकरण मै बढी ध्यान दिनुपर्नेमा जोड दिए । पन्थीले भने ‘सामान्यतया ८० प्रतिशत फोहोर संक्रमित भएको हुदैंन, अति सम्वेदनशील संक्रमित फोहोर, अप्रेशनमा प्रयोग भएका नभतभ्झिभलतद्यथक्ष्मजार, सुईहरु बढी जोखिम पुर्ण हुन्छन, त्यसैले पनि ती फोहोरको संकलन देखि नै ध्यान दिने र निर्मलिकरणपछि मात्र अन्य फोहोरसंग राख्न सकिने हुन्छ।’अस्पतालहरुले फोहोर मैला व्यवस्थापनमा लापरबाही गर्दा अस्पतालका सफाइ कर्मचारी देखि अन्य सेवाग्रहीको स्वास्थ्यमा  समेत असर गर्न हुँदा स्वयम अस्पतालहरु बढी जिम्मेवार हुनुपर्छ ।

 

नेपालका स्वास्थ्य संस्थामा अस्पताल जन्य फोहोरको सम्वेदनशीलता कति हुन्छ भन्ने कोरोनाले पाठ सिकाएको पन्थीको बुझाई छ । कोरोनाको समयभन्दा अघि जम्मा एक प्रतिशत जनसंख्याले मात्रै सरकारले तोकेको मापदण्ड पुरा गरेका अस्पतालमा यस्तो व्यवस्था थियो । अहिले यो मापदण्डलाई हुबहु पालना गर्न स्वास्थ्य संस्थाको संख्या १४ प्रतिशत नाघेको पन्थी बताउँछन । ‘कोरोना अघि समस्या धेरै थियो, अहिले अवस्था केही फेरिएको छ । सुधार अझै जरुरी छ । डब्लुएचओलगायतका दातृ निकायले सरकारलाई समय–समयमा सुझाव दिदै आइरहेको छ र सरकारले पनि यो बिषयलाई बिगतका तुलनामा चासाको साथ हेरेको अनुभूति गरेको छ ।’ स्वास्थ्य सेवा जन्य फोहोर मैला व्यवस्थापन निर्दशिका २०१४ ले स्वास्थ्य जन्य फोहोरलाई मुख्यगरी जोखिमपूर्ण र सामान्य फोहोरको रुपमा वर्गीकरण गरेको छ । जोखिमपूर्ण फोहोरलाई प्याथोलोजिकल संक्रमित, धारीलो बस्तुहरु, नभतभ्झिभलतद्यथक्ष्मषधी जन्य र अन्य हानिकारक फोहोर भनेर वर्गीकरण गरेको छ । निर्देशिकाले फोहोर न्युनिकरणसंगै वर्गीकरण, संकलन, फोहोरको ओसारपसार प्रशोधन र विर्सजनबारे पनि उल्लेख गरेको छ ।

 

रङ कोड अनुसार छुटाछुटैं भाडामा फोहोर सङ्कलन गर्नुपर्ने निर्दशिकामा उल्लेख छ । हरियो बिनमा जोखिमरहित कुहिने फोहोरहरु राख्ने, निलोमा जोखिमरहित नकुहिने फोहोर राखिन्छ । रातोमा सङ्क्रमित, जोखिमयुक्त तिखा तथा धारिला फोहोर, नभतभ्झिभलतद्यथक्ष्मषधीजन्य फोहोर संकलन गर्नुपर्छ । पहेँलो भाडामा रासायनिक फोहोरहरु संकलन गरिन्छ भने कालो भाडामा रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने किसिमका घातक फोहोरहरु राख्नुपर्ने भनिएको छ । सबै किसिमका फोहोरहरुलाई छुटाछुटैं निर्मलिकरणको प्रकृया पुरा गरेर मात्रै फोहोरको अन्य व्यवस्थापन गर्नुपर्छ । निर्देशिकाले स्वास्थ्य संस्था भित्र संस्थाका प्रमुखको नेतृत्वमा फोहोर व्यवस्थापन तथा स्वास्थ्य एंव सुरक्षा समितिको गठन गर्नुेपर्ने समेत उल्लेख भएपनि सबैजसो स्वास्थ्य संस्थामा समिति बन्न सकेका छैन । काठमाडौं महानगरपालिका अन्र्तगत बातावरण इन्जीनियर निशा कोइरालाले खबरदारी गर्दागर्दै पनि लापरवाही गर्ने स्वास्थ्य संस्थालाई दर्ता नविकरण मै कडाइ गर्नुपर्ने बताइन । ‘अनुगमनका क्रममा बिना पीपीई सफाइकर्मीलाई फोहोरको काम गरिरहेको हामीले नै भेटेका छौं, अस्पताललहरुले यस्तो लापरवाही गर्न हुन्न’ कोइरालाले थपिन, सफाईकर्मीहरुको स्वास्थ्यमा अस्पतालहरुले चासो दिएको देखिदैन ।’

 

फोहोरका चारवटा विनलाई निर्देशिकाले अनिवार्य मानेको छ । त्रिवी शिक्षण अस्पतालमा फोहोरलाई बालेर नष्ट गर्न भनेर सुरु गरेको भएपनि वातावरणमा थप प्रदुषण बढ्ने, विद्युत बढी खपत हुने जस्ता समस्या देखिएपछि सरकारले नै त्यो प्रविधि हटाएर ननब्रन टेक्नोलोजि ९अटोक्लेभ० प्रयोगमा ल्याएको डा। पन्थीले  जानकारी दिए । उनका अनुसार, अहिले अधिकांश ठूला अस्पतालहरुमा यही प्रविधिबाट फोहोरको निर्मलीकरण हुने गरेको छ । कोलोरिन झोलहरुमा डुवाएर पनि फोहोर निर्मलिकरण गर्न अर्को विकल्प भएको छ । उनी भन्छन्, अस्पतालका फोहोरको उचित द्रिटमेनट गर्नु सम्बन्धित अस्पतालको जिम्मेवारी हो । अधिंकांश अस्पतालले तल्लो तहका कर्मचारीलाई फोहोरको व्यवस्थापन गर्न लगाएको देखिन्छ । सफाइकर्मीलाई फोहोरको सम्बेदनशीलता बुझाउनु पर्ने भएकाले प्राविधीक ज्ञान भएकै कर्मचारीको नेतृत्वमा अस्पतालले फोहोरको व्यवस्थापन गर्नुपर्ने डा।पन्थीको सुझाव छ । उनका अनुसार,‘सफाइ कर्मचारी संगै विज्ञता भएका व्यक्तिलाई प्रशासनले जिम्मेवारी दिनुपर्छ, कुन फोहोर कति दिन भित्र निर्मलिकरण गरिसक्नुपर्ने हो ।, कुन माध्यमबाट गर्न भन्ने विज्ञको सुझाव अनुरुप गर्नुपर्छ ।’
 

अस्पतालबाट निष्कने फोहोरमा जुनै पनि खतरनाक रोगसंग सम्बन्धित फोहोर हुन सक्छन । संक्रमित फोहोर व्यवस्थापन गर्दा लापरबाही गरे स्वासप्रश्वास, हेपाटाइटिस, एचआइभी एड्स जस्ता रोगहरुको जोखिम हुन्छ । सफाई कर्मचारीहरुलाई मात्रै होइन फोहोर विर्सजन गर्न स्थान वरपरका स्थानियहरुमा पनि रोगको संक्रमण हुने जोखिम उच्च हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार नेपालमा दैनीक १३ हजार मेद्रिकटन अस्पतालजन्य फोहोर जम्मा हुन्छ । सरकारको अध्ययन प्रतिवेदन अनुसार नेपालको स्वास्थ्यजन्य फोहोर उत्पादन दर प्रति बिरामी प्रतिदिन १.३५ देखि १.६ किलोग्रामसम्म  हुने गरेको तथ्याकंमा छ । पछिल्ला केहिदिन यता बागमती प्रदेश सरकारका स्वास्थ्य सचिव डा.सुमित्रा गौतमको टोलीले बागमती प्रदेश भित्रका सबै सरकारी अस्पताललाई प्रभावकारी बनाउन अनुगमन र अन्तरक्रिया समेत सुरु गर्नुले सरकार स्वास्थ्य सस्थाको सेवा र सरसफाईका विषयलाई प्रथमीकतामा राखेको जस्तो देखिन्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार