• सोमबार ५-८-२०८३/Monday 08-24-2026
स्वास्थ्य

कम खर्चमा वा बिनाखर्च तत्काल अपनाउन सकिने स्वास्थ्यवर्द्धक बानी

'वेलनेश' अचेल निकै चर्चित शब्द बनेको छ र यो प्रायः ठूलो खर्चसँग जोडिएको हुन्छ। महँगा 'स्पा', पाँचतारे होटलमा आयोजना हुने 'फ्लोटिङ साउन्ड ब्याथ' वा 'रिट्रिट'जस्ता महँगा गतिविधिको खर्च धान्न सकिन्छ भने ती निकै आनन्ददायी हुन सक्छन्। तर त्यस्तो खर्च धान्न नसक्नेका लागि के त? स्वास्थ्य मामिलाका विशेषज्ञ, उद्यमी तथा इन्फ्लुअन्सरहरूले सुझाएका खल्तीलाई भार नपारी शरीर र मनमस्तिष्कलाई स्वस्थ राख्ने केही उपाय यहाँ प्रस्तुत छन्।

 

'फिटनेट' कक्षाहरूको सदस्यता शुल्क निकै महँगो हुन सक्छ। त्यसैले अचेल मानिसहरूले आफैआफै निःशुल्क वा सस्तो किसिमका त्यस्ता कार्यक्रमहरू आयोजना गर्न थालेका छन्। यस्ता कार्यक्रमहरू प्रायः सामाजिक सञ्जालका स्थानीय समूहहरू र 'मीटअप' जस्ता प्ल्याटफर्ममार्फत् भेट्न सकिन्छ।

 

उदाहरणका लागि, योग प्रशिक्षक अनास्तासिया मिराला भ्स्काले लन्डनमा 'सन्डे रिसेट' नामक 'मीटअप' कार्यक्रम आयोजना गर्छिन्। उक्त समूहले प्रत्येक महिना फरकफरक सहरका पार्कमा भेटेर सँगै योग-ध्यान गर्छ। उनीहरू 'जूम'मार्फत् पनि त्यस्त किसिमका ध्यान तथा योग सत्रमा सहभागी हुन्छन्। केही सत्रका लागि दुई हजार रुपैयाँजति शुल्क लाग्छ भने केही निःशुल्क छन्।

 

"म मानिसहरूले सरल र पहुँचयोग्य तरिकाले [योग र ध्यानको] अनुभव गर्न सक्ने स्थान सिर्जना गर्न चाहन्थेँ," उनले बीबीसीसँग भनिन्।  मोडल एरिका कोरिआले लिभरपुलमा त्यस्तै काम गर्ने प्रयास गरिरहेकी छन्। उनले 'सफ्टी सन्डे' नामक नियमित भेटघाट कार्यक्रम सुरु गरेकी छन्, जहाँ मानिसहरू विशेष रूपमा तयार पारिएका 'वेलनेश'का कार्यक्रमको अनुभव गर्छन्।

 

बगैँचामा काम गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तर त्यसको अर्थ बोटबिरुवा तथा उपकरणमा हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ भन्ने छैन। 'रोयल हर्टिकल्चरल सोसाइटी (आरएचएस) को अनुसन्धानले दिनहुँ बगैँचामा काम गर्ने मानिसहरूले उच्च स्तरको मानसिक सुख र कम तनाव अनुभव गर्ने गरेको देखाएको छ।

 

आफ्नै छैन भने सामुदायिक बगैँचा विकल्प हुन सक्छ। तपाईँ आफ्नो वरपरका सामुदायिक बगैँचाहरू खोज्न सक्नुहुन्छ। धेरैजसो बगैँचा व्यवस्थापकहरूले नि:शुल्क सेवा दिने स्वयंसेवकहरूलाई स्वागत गर्छन् र आवश्यक औजार तथा उपकरण पनि उपलब्ध गराउँछन्। यसले बाहिर निस्कन, नयाँ मानिसहरू भेट्न र नयाँ सीप सिक्न सजिलो बनाउँछ।

 

त्यसको पछिल्लो सत्रमा 'पिलाटेस' कक्षा र त्यसपछि सौन्दर्यसम्बन्धी कार्यक्रम समावेश थियो। 'पिलाटेस' कक्षामा शरीरको मुद्रा र श्वाससम्बन्धी हलुका क्रियाकलापहरू गरिन्छ। "'सफ्टी सन्डे'मा खर्चभन्दा उद्देश्यलाई प्राथमिकता दिइन्छ," उनले बीबीसीसँग भनिन्, "स्वस्थ जीवनशैली भनेको तपाईँले जीवनमा गर्ने निर्णयहरू र आफ्नो समयको सुरक्षा कसरी गर्नुहुन्छ भन्ने कुरासँग अधिक सम्बन्धित छ।" यी कार्यक्रमहरूमा अहिलेलाई निम्तो पाएका मानिसहरूले मात्रै भाग लिन पाउँछन्। तर कोरिआ चाँडै नै थप मानिसहरूका लागि पनि खुला हुने आशा राख्छिन्।

 

बगैँचासम्बन्धी गतिविधिमार्फत् मानिसहरूलाई सघाउँदै आएको परोपकारी संस्था 'थ्राइभ'का अनुसार सामुदायिक बगैँचा भनेको बोटबिरुवा हुर्काउने ठाउँ मात्रै होइन।यसले "बगैँचाको काममा सामेल हुने र एउटा मिजासिलो सामाजिक समूहसँग जोडिने अवसर" प्रदान गर्ने उक्त संस्थाका 'प्रशिक्षण, शिक्षा तथा परामर्श' व्यवस्थापक डेमिन न्यूमन बताउँछन्। "यसले शारीरिक, संज्ञानात्मक, सामाजिक, मनोवैज्ञानिक र भावनात्मक जस्ता हाम्रो समग्र स्वास्थ्यको सबै पाटोमा राम्रो प्रभाव पार्छ," उनले भने।

 

मानिसहरू शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने किफायती उपायहरूको खोजीमा रहेकाले चराचुरुङ्गी अवलोकनदेखि बुनाइसम्मका कुनै समय पुराना मानिएका सोखहरू अचेल फेरि लोकप्रिय बन्दै गएका छन्। उदाहरणका लागि, चराचुरुङ्गी अवलोकन गर्न स्थानीय पार्कसम्म पुग्न लाग्ने खर्चबाहेक खासै धेरै पैसाको खाँचो पर्दैन। यस्तो रुचि भएका मानिसका समूहहरू वेबसाइटमार्फत् सजिलै खोज्न सकिन्छ।

 

यसका फाइदा बाहिर समय बिताउनमा मात्र सीमित छैनन्। अनुसन्धानका अनुसार केवल ३० मिनेट चराचुरुङ्गी अवलोकन गर्दा पनि खुसी बढ्नुका साथै समग्र मानसिक तथा भावनात्मक पक्षमा सुधार ल्याउन र प्रकृतिसँग अझ गहिरो सम्बन्ध महसुस गर्न मद्दत पुग्न सक्छ। बुनाइको काम पनि पुन: लोकप्रिय हुँदैछ र यो केही रुपियाँमै सुरु गर्न सकिन्छ। यो काम थाल्न बुनाई गर्ने सुई र र ऊनको डल्लो भए पुग्छ।

 

अनुसन्धानले यसलाई उत्तम मानसिक र भावनात्मक पक्षसँग जोडेको छ। मानिसहरूले बुनाइको कामले तनाव, शोक, दीर्घरोग र जीवनका अन्य चुनौतीको सामना गर्न मद्दत गरेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार