• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
स्वास्थ्य

तपाईँको भान्सामा हुनुपर्ने यी खानेकुरा !

काठमाडौ । केही सामान्य खानेकुराले तपाईँको स्वास्थ्यमा बलियो सकारात्मक प्रभाव पार्न सक्छन्। तपाईँको नियमित खानेकुरामा समावेश हुँदा फाइदा पुर्‍याउने सात थरी खानेकुरा यहाँ सिफारिस गरिएको छ। अनुसन्धानकर्ताहरूले १,००० भन्दा धेरै खाने कुराको विश्लेषण गरेर तपाईँको दैनिक पोषण आवश्यकता पूर्तिका आधारमा तीनको वर्गीकरण गरेका छन्। यहाँ पाइने तत्त्वहरू सहित खानेकुराको चर्चा गरिएको छ।

 

आल्मन्ड्ज (हाडे बदाम)
यो नटमा मोनोअनस्याचुरेटेड फ्याटी एसिड र भिटामिन ई प्रशस्त पाइन्छ। यसको नियमित सेवनले मधुमेह नियन्त्रण र हृदयसम्बन्धी स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ। एउटा अध्ययनका क्रममा वैज्ञानिकहरूले ७७ जना वयस्कलाई ३२० क्यालरी हाडे बदाम १२ सातासम्म खान लगाए। ती सबै सहभागीहरू दीर्घ रोगको जोखिममा थिए। उनीहरूलाई मुटुको समस्या वा टाइप टू मधुमेह वा उच्च रक्तचाप निम्त्याउने समस्याको जोखिममा थिए।

 

स्वीस चार्ड
रायोको साग जस्तै राता पहेँला वा बैजनी डाँठ हुने स्वीस चार्ड बेटलिन्जको राम्रो स्रोत हो। यसमा हुने फाइटोकेमिकल हाम्रो स्नायु प्रणालीका लागि फाइदाजनक हुन्छ। यसले बुढ्यौली कम गर्न समेत सहयोग पुर्‍याउँछ। यो सागले रक्तचाप नियन्त्रण गर्न र बुढ्यौलीसँगै चोट लागेका रक्तनलीहरूलाई निको पार्न पनि सहयोग पुर्‍याउने रोगको रोकथाममा काम गर्ने संस्था एन्जिओजेनेसिस फाउन्डेसनकी अध्यक्ष विलिअम ली भन्छन्।

 

सिम साग
ब्रोकोली, बन्दागोभी र केल साग पनि रहेका वर्गको ब्रासिका परिवारमा पर्ने सिम सागमा उच्च मात्रामा भिटामिन बीसँगै क्याल्सिअम, म्याग्नेसिअम, आइरन र पोलिफेनाइल्स पाइन्छ। यसमा रोग प्रतिरोधी क्षमता बढाउन र आँखाको स्वास्थ्य राम्रो गर्न सहयोग पुर्‍याउने तत्त्वहरू पनि पाइन्छन्। नियमित सिम सागको सेवन गर्नाले दीर्घकालमा मुटुको जोखिम र मधुमेह निम्त्याउने सूजन शरीरमा कम गर्न तथा अस्वस्थ कलेस्टरल कम गर्न पनि मद्दत पुग्छ ।

 

चुकन्दरको साग
धेरै जनाले चुकन्दर खाएर त्यसको साग चाहिँ फाल्ने गरेको पाइन्छ। चुकन्दर आफैँमा कन्द अथवा गानो मात्रै खाइने फलका रूपमा परिचित छ। यसमा प्रशस्त पोषक तत्त्वहरू पाइन्छ पनि। तर प्रायजसो फाल्ने गरिएको चुकन्दरको साग क्याल्सिअम, आइरन, भिटामिन के र भिटामिन बी समूहले भरिपूर्ण हुन्छ। प्राध्यापक गुस्ताभो साबोया पोन्टका अनुसार चुकन्दरको सागमा पनि प्रोटीन र मिनरलका साथै एन्टी अक्सिडेन्टयुक्त तत्त्वहरू पाइन्छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार