नागढुङ्गा-नौबिसे सडकखण्ड जेठ १० देखि दिउँसो साढे ४ घण्टा बन्द हुने

काठमाडौं ।काठमाडौं उपत्यका भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
यसअघि उक्त खण्डमा रातिको समयमा बन्द गरेर काम हुँदै आएकोमा आगामी जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सड्क निर्माण कार्यलाई तिब्र बनाउन लागिएको हो ।
नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नु परेको जानकारी दिदै स्थानीय प्रशासनसँगको समन्वयमा सूचना जारी गर्दै नागढुङ्गा-नौबिसे सडकखण्ड बन्द गर्नु परेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा सड्क बन्द गरेर काम गर्न लागिएको जानकारी दिए ।
सडक बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न पनि सकिने छ ।
प्रतिकृया दिनुहोस