• बिहीबार २-९-२०८२/Thursday 05-22-2025
देश/प्रदेश

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन नेपाल, अध्यक्षमा डाँगी

काठमाडौं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ ।  पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा  सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।

 

समितिको उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्  । यसैगरि उप-महासचिबमा विजयकुमार ठाकुर (पर्सा), सचिब रामसली तामाङ , कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ  तथा सल्लाहकारमा अनिशा बराल, आरजु के.सी र  सरोज मैनाली रहेका छन् । 

 

नब गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै पार्टी अध्यक्ष कमल थापाले सहकारी ,लघुबित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए । गरिब दुखी जनता पिसियका छन् ,पेलियका छन् , शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिबर्तनको बिकल्प नभएको जिकिर गरे ।

 

थापाले भने " सबै बर्ग , क्षेत्र , समुदायलाई समेटेर हामी आन्दोलनमा जादैछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ,  सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ" । समितिलाई देशैभरीबाट समेटेर सन्तुलित,समाबेशी बनाईने र संगठनले चाढै नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ ।

 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार