• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
डबली

चिकित्साका चौध तारा भित्रका उज्यालो तारा

राजेश खनाल ( २०२१) लामो समय पत्रकारितामा संलग्न व्यक्तित्व हुन् ।  उनी साहित्यकार भन्दा पनि बढी पत्रकार तथा रेडियोकर्मी हुन् । उनको  पाइला आफ्ना आफ्नै संस्मरण प्रकाशित भइसकेको छ भने पाका मान्छेसँगको पुराना कुरा प्रकाशनको तयारी रहेको छ ।  घुरको धुँवा ( २०८०)  संस्मरण सङ्ग्रह प्रकाशित पछि यो उनको अर्को कृति हो चिकित्साका चौध तारा (२०८१)। पत्रकारिताकै कर्म संवाद अर्थात् अन्तर्वार्ताका क्रममा गरिएका भलाकुसारीलाई नै यस कृतिमा प्रस्तुत गरिएको छ । 

 

चिकित्साका चौध तारा (२०८१) सङ्ग्रहमा चौध व्यक्तिवृत्तको शब्दचित्र समावेश छन् भने दुई विशेष व्यक्तित्वका सम्झना–संस्मरण समाविष्ट  रहेका छन्। यस सङ्ग्रहमा समाविष्ट लेखहरूमा नेपालका वरिष्ठ चिकित्सकहरूले आफ्नो जीवनकालमा भोगेका संस्मरणात्मक घटनाहरू चित्रण गरिएको छ । नेपालमा अस्पताल र चिकित्सा क्षेत्रको ऐतिहासिक दस्तावेज जस्तो लाग्ने यस कृतिभित्र नेपालका वरिष्ठ चिकित्सकले आफ्ना जीवनमा भोगेका उल्लासकारी, उत्साहदायक  तथा आरोह–अवरोहका घटनाहरूलाई प्रस्तुत गरिएको छ जुन पढ्दापढ्दै पाठक आनन्दित हुन्छ, रमाउँछ, मुस्कुराउँछ अनि सङ्घर्षका कथाबाट प्रोत्साहित हुन पुग्छ । यसरी हेर्दा यस कृतिमा राखिएका सबै लेखहरूले मानिसका सङ्घर्षका कथा जीवन–शैलीलाई सम्झाएको पाइन्छ । नेपालका चौध विशिष्ट चिकित्सकका जीवनका महत्वपूर्ण भोगाईलाई संवादका माध्यमबारे खुलाइएका विषयवस्तु नै शीर्षक बनाइएकाले यस सङ्ग्रहका संस्मरणजन्य संवाद प्रस्तुत कृतिमा चित्रण गरिएको छ भन्न सकिन्छ। 

 

यस कृतिको पहिलो शीर्षक वरिष्ठ चिकित्सक डा. कृष्णजंग राणाले राजा महेन्द्रसँग गरेको भलाकुसारीमा आधारित – ‘राजा महेन्द्र भन्थे–अब युवाहरूले देश बनाउने हो’ लेखभित्र डा. राणाले राणापरिवारभित्र जन्मेर पनि आफूले गर्नुपरेको सङ्घर्षका क्रममा मतदाताको नाम सार्ने जागिर खाएको,  दाजुको लागि एमबीबीएसको सिट छाडिदिएको तर भाग्यका कारणले आफैले पाएर चिकित्सक बनेको कुरालाई जन्मभाग्य, कर्मभाग्य र भाग्य–भाग्यका किस्साका रूपमा प्रस्तुत गरेका छन् ।‘क्लोरोफर्म सुघाउँदा बिरामीको मृत्युु’ शीर्षकमा वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासको संवादभित्र पटनाबाट डाक्टरी पास गरेर वीर अस्पताल आएको घटना, टोखामा काम गर्न जादा तलब भन्दा भत्ता बढ़ी पाएको प्रसङ्ग र, बेलायत गएर पढै उतै बस्ने अवसर पाउँदा समेत पनि नेपालकै सम्झनाले फर्कि आएको रमाइलो अनुभूति चिकित्सा क्षेत्रमा पनि एकअर्काको प्रतिस्पर्धी र चिसिएको सम्बन्धको चर्चा, बदलिएको शासनसत्तासंगै देखिएका तल–वितलका घटनालाई यस लेखमा प्रस्तुत गरिएको छ। 

 

वरिष्ठ शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गोङ्गलको अध्ययनका बेला भएको अभावलाई ‘एमबीबीएसका लागि वर्षको हजार रुपैया तिर्न पनि गाह्रो थियो’ शीर्षकमा राजनीतिको पारिवारिक पृष्ठभूमिबाट चिकित्सा क्षेत्रमा आइपुगेको रोचक प्रसङ्ग प्रस्तुत गर्दैपिताजीले डाक्टर बन्नुपर्छ भनेकाले डाक्टरीप्रतिको सोचको विकास भएको राणाशासन विरुद्धको आन्दोलनमा प्रत्यक्ष रूपमा सरिक हुदा पक्राउ परेको, त्रिचन्द्रबाट आइएस्सी. विएस्सी प्रस्तुत पटनाबाट एमबीबीएस पढ्दाको घटना प्रस्तुत गरिएको छ । त्यस्तै ‘जेल जानुअधि बालबालिका जाँच्थे ’शीर्षकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. मणिन्द्ररजन बरालले जागिर खाने सिलसिलामा काठमाडौंका जेलहरूमा गएर बिरामी जाँचेको, वीर अस्पतालमा भोलिन्टरी सेवा गरेको, मध्यरातमा तत्कालीन गृहमन्त्रीको निवासमा गएर चेकजाँच गरेको, ब्रिटिश काउन्सिलले छात्रवृत्ति र बेलायतबाट बाल रोग विशेषज्ञता हासिल गर्न सफल भएका लगायत सिरहामा जन्मेर पढ्न दार्जिलिङ पुगेको त्यसपछि बनारस पुगेर आइएस्सी, सकेर कोलम्बोको प्लानअन्तर्गत छनोट भएको घटनावली प्रस्तुत गरिएको छ ।वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. मृगेन्द्रराज पाण्डेको ‘महेन्द्र र वीपी दुवैले विश्वास गर्थे’ लेखमा सोह्र वर्षमा आइएस्सी गरी एसबीवबीएस गर्न तयार भएको प्रसङ्गको चर्चा गरिएको छ । एमबीबिएिसका डाक्टर पढ्न पाउँ प्रभु भनीराजा चीफ साहेबलाई भनेर बिन्ती चढाएको, बायोलोजी पढेको र पछि कलकत्तामा छात्रवृत्तिमा पढेको, प्रसङ्गसँंगै वीर अस्पतालमा जागिरे भएको घटना प्रस्तुत गरिएको छ । राजा वीरेन्द्र र वीपीसँगको सम्बन्ध र उपचारका प्रसङ्ग त्यतिबेलाका संस्मरण यहाँ समावेश गरिएका छन् ।‘राजपरिवारका सदस्यलाई रोगबारे खुलेर भन्न पनि सकिन्नथ्यो’ शीर्षकमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.यन्तमणि प्रधानले राजदरबार जाँदा वीर आपतालबाट आँखा जान्ने मेसिनदेखि सबै उपकरण बोकेर लगेको संस्मरण, बेलायत पढन वीर अस्पतालमा, पछि आँखा अस्पताल खुलेपछि त्यहाँ है पोखरा अस्पतालमा गएर काम गरेको अनुभव, सिक्किममा जन्मेर खस्र्याङ, दार्जिलिङ हुँदै काठमाडौं आएका प्रधानले लखनऊ मेडिकल कलेजबाट शिक्षा विभागको छात्रवृत्तिमा डाक्टरी पढेको घटना समेटिएको छ।

 

त्यस्तै यस सङ्ग्रहको अर्काे लेख प्रा.डा. रामप्रसाद पोखरेल, वरिष्ठ नेत्र रोग विशेषज्ञको ‘रानी ऐश्वर्यले सोधिन् काठमाडौं बाहिरका आँखाका बिरामीका उपचार कसरी कसरी गर्दैछौं ?’ मा बेलायतमा नाक, कान घाँटीको विशेषज्ञता तालिम लिन गएको फर्कँदा आँखा रोग विशेषज्ञ भएर फर्केकोरमाईलो किस्सा प्रस्तुत गरिएको छ। बेलायतमा उनको कार्यशैली देखेर प्रभावित भएका बेलायतीले त्यहीं बस्न अनुरोध गरेता पनि नेपाली माटामैे आएर आजीवन सेवा गर्न सफल डा. पोखरेलले वीर अस्पताललाई जागिरे जीवनको सुरुवात गरेका हुन् । धनकुटामा जन्मिई धनकुटाबाट बनारस, इलाहावाद हुँदै सरकारी छात्रवृत्तिको लखनऊ मेडिकल कलेजले पुग्दाको स्मृति यहाँ समेटिएको छ ।‘मन्त्रीले भने– यो धनीलाई हुने रोग हो, धनी बाहिर गइहाल्छन् नि’ लेखमा वरिष्ठ शल्यचिकित्सक प्रा.डा. लोकविक्रम थापाका जीवनका विभिन्न पक्ष समेटिएको छ । त्रिचन्द्र कलेजबाट आइएस्सी गरेका थापाले कोलम्बो प्लानअन्तर्गत एमबीबीसमा छात्रवृत्तिमा भारतको इन्दोरबाट डाक्टरी पास गरेका हुन्। जनकपुर बस्दा हुकवर्म एनिमिया भएको र मेडिकल कलेजमा पढ्दा त्यसको उपचार भएको किस्सासहित अनेक अनुभव समेटिएको यस लेखमा सिन्धुलीमा बितेको बाल्यकाल बडाहाकिमसँगको भेट र दरबार हाइस्कुलको पढाइ सम्झन पुगेका घटना प्रस्तुत  गरिएको छ।

 

वरिष्ठ शल्यचिकित्सक प्रा.डा. विश्वराज दलीको ‘पाँच वर्ष पढाइको साक्षी साइकल’ शीर्षकको लेख इन्जिनियर बन्ने रुचि र प्रविधिप्रतिको लगावको बाबजुद् पिताजीको इच्छाअनुरूप मेडिकल बना प्रस्तुत गरिएको छ । पढी डाक्टर बनेको कोलम्बो प्लानअन्तर्गत आगरा मेडिकल कलेजबाट एमबीबीएस गरेका डा. दलीले पाँच वर्षे भने पढाईमा साइकलले साथ दिएको संस्मरणप्रस्तुत गरिएको छ । काठमाडौको मरुटोलमा जन्मिएका डा. दलीको सुखद् बाल्यकालबाटै शिक्षारम्भ, शान्ति निकुञ्ज हुँदै त्रिचन्द्र कलेजसम्मका प्रसङ्ग यहाँ चित्रण गरिएका छन् । महेन्द्रको शासनमा परिवारमा परेको संकट, पढाइ सकेर  फर्केर वीर अस्पतालमा जागिरे जीवनको सुरुवात लगायत जीवनका उतारचढावको वर्णन गरिएको छ ।डा. शंकरप्रसाद उप्रेती वरिष्ठ चिकित्सकले आफ्नो जीवनको लामो समय विरामीको सेवामा बिताएको अनुभव समेटिएको ‘बिरामीकै सेवामा ५० वर्ष बिताएँ गरिवसँग पैसा लिइनँ’, शीर्षकको लेखमा आइएस्सी पास गरेपछिकोलम्बो प्लानअन्तर्गत पढ्न जाँदा घटेको घटना भाग्यले देखाएको बनाएको बाटोबारे ईश्वरको अनुग्रह सम्झन पुत्रका डा. उपे्रतीले मेडिकल पास गरेपछि गाउँमा बसी बिरामीको सेवा गर्छु भन्ने गरेको प्रणको चर्चा गरेका छन्।वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ सरस्वती पाध्येको ‘एमबीबीएस विद्यार्थीको किताब नै बिरामी हुन’ भन्ने शीर्षकको लेखमा आचार्य गुरुले आइएस्सी गरेको, त्रिचन्द्र पढ्न प्रेरित गरेको र डाक्टर बन्ने विचार नभए पनि एमबीबीएसको कोलम्बो प्लानले छात्रवृत्ति दिएर डाक्टर नै बनाइ छाड्योभन्ने घटनावली यहाँ प्रस्तुत गरिएको छ। बाल्यकाल काठमाडौंको देउपतनमा बितेको डा.पाध्येको तत्कालीन पाशुपत क्षेत्रको अवस्था अझै स्मृतिपटमा ताजै रहेको अनुभूति छ । दरभंगाबाट एमबीबीएस सिध्याएर काठमाडौं फर्किई प्रसूतिगृहको जागिरे जीवन सुरु गरेको ६ महिनामा नेपालगञ्ज पुगेको, काम गर्दा जाँदा बेलायतबाट प्रसूति विशेषज्ञताको तालिमको अवसर पाई जागिर समेत पाएको प्रसङ्ग यस लेखमा चित्रण गरिएको छ।

 

त्यस्तै ‘अस्पताल नै नभएको ठाउँमा खटाइएका डाक्टर’ शीर्षकको लेख वरिष्ठ शल्यचिकित्सक प्रा.डा. सुदीपकुमार भट्टाचार्यको लेखमा जनकपुर भीमफेदी अजङ्गको पहाड यात्राको किस्साबाट आरम्भ गरिएको छ । त्यस समयमा तराईबाट काठमाडौं आउन गरिएको कठिन यात्रा काठमाडौंको अवस्था, सिंहदरबारका जाने खेतैखेतको बाटो आदिको चर्चा गरिएको छ । पिताजीको प्रेरणाबाट डाक्टरी गरेका डा. भट्टाचार्य एमबीबीएसको अन्तर्वार्ता पछि कलकत्ता मेडिकल जान चाहेको र त्यहाँ सिट नपाएपछि लखनउबाट पास गरेको संस्मरण समावेश गरिएको छ । भोजपुर अस्पतालमा कार्यरत रहेर बेलायतबाट तालिम लिई विशेषज्ञ बनेका डा. भट्टाचार्य– भोजपुर पुग्दा त्यहाँ अस्पताल नभएकाले राजासँग अस्पताल खोलिदिन माग गरेका घटनालाई विस्तारपूर्वक बताएका छन् ।वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितको ‘वीर अस्पतालमा बाइस वर्ष विना तलबको’ शीर्षकको लेखमा बाल्यकालमा आमाको शल्यक्रियाको संस्मरणबाट आरम्भ गरिएको छ। डा. बनर्जीको सद्भाव र प्रेरणाबाट डाक्टर बन्नुपर्छ भन्ने सद्वाक्यबाट डाक्टर बनेरै छोड्ने प्रणका साथ अघि बढेका डा. दीक्षितले रानी जगदम्बाको असीम कृपा रहेको रउनकै सिफारिस सिटमा कलकत्ताबाट एमबीबीएस गरेको तथ्य प्रस्तुत गरेका छन् । काठमाडौंका सम्भ्रान्त परिवारमा जन्मेका दीक्षितको बाल्यकाल कुपण्डोल, पुल्चोकमै बितेको, शिक्षादीक्षा श्री दरबारमा भएको, दार्जिलिङ पढ्न गएको र आइएस्सी कलकत्तामै पढेर पास गरेको घटना यस लेखमा वर्णन गरिएको छ कलकत्ताबाट एमबीबीएस र र बम्बईबाट एमडी समेत वीर आपतालबाट चिकित्सा सेवा सुरु गरेका दीतितले अवैतनिक डाक्टरका रूपमा २२ वर्र्ष काम गरेका अनुभव र अनुभूतिलाई लेखमा समावेश गरिएको छ।

 

प्रा.डा. हेमाङ्ग दीक्षित वरिष्ठ बाल रोग विशेषज्ञको अनुभव र अनुभूतिको बारेमा लेखिएको ‘बेलायतका बच्चामा नदेखिएको रोग नेपालमा देखियो’ शीर्षकको लेखमा बेलायतबाट एमबीबीएस र इन्टर्नसिप सकेर काठमाडौं आएको प्रसङ्गबाट लेखको आरम्भ गरिएको छ । पिताजीको प्रेरणा र चाहनाबाट बाल रोग विशेषज्ञता हासिल गर्न तयार भएका डा. दीक्षितको बाल्यकाल सुखद् रूपमा काठमाडौंमा बितेको थियो । शिक्षारम्भ काठमाडौंमा गरेका डा. दीक्षितले त्यसपछि नैनिताल, शिमला र त्यसपछि बेलायत पुगेको घटना यस लेखमा समावेश गरिएको छ ।कृतिको अन्तिममा दुई वरिष्ठ चिकित्सकका सम्झनामा लेखिएका दुई लेखहरूमा ‘कहिल्यै नथाक्ने समाजसेवी डा. शर्मा’ शीर्षकमा वरिष्ठ शल्यचिकित्सक प्रा.डा. अञ्जनीकुमार शर्माको सक्रियपन र निरन्तरतालाई प्रस्तुत गरिएको छ । बिहान ५बजेदेखि रातिको ११ बजेसम्म बिरामीको सेवा गर्दा कहिल्यै नथाक्ने डा. शर्मा जीवनको अन्तिम समयमा समेत भक्तपुर क्यान्सर अस्पताल पुगेको प्रसङ्ग पुस्तकमा छ ।सन् १९५५ मा एमबीबीएस सकेर वीर अस्पतालमा सेवा सुरु गरेका डा.शर्माले बेलायतबाट एफआरसिएस उपाधि प्राप्त गरी कुशल शल्य चिकित्सक बनेका हुन् । वीर अस्पतालमा शल्यचिकित्सा विभाग खोली जटिल शल्यक्रिया समेत गर्न सफल शर्माले शिक्षण अस्पताल स्थापनार्थ कुशल भूमिका निर्वाह गरी भिजिटिङ प्रोफेसरका रूपमा कार्य गरे । लायन्स क्लव, अर्वुद रोग निवारण संस्था जस्ता संस्था खोली सदैव समाजसेवामा तल्लीन डा. शर्माको सकारात्मक सोच र सामथ्र्यको चर्चा गरिएको यस लेखमा राजपरिवारको साथ र सहयोगको  प्रसङ्ग समावेश गरिएको छ।

 

अर्को संस्मरण सम्झनामा ‘दन्त चिकित्साका एक चिन्तक : डा. बुद्धिमान श्रेष्ठ’ शीर्षकको लेखमा चिकित्सा क्षेत्रको १३३वर्षे इतिहासको चर्चा गर्दै वि सं १९४७ मा स्थापना गरिएको वीर अस्पतालले विभिन्न प्रकारका रोगको उपचार गरेको कुरा उल्लेख गरिएको छ ।यसैक्रममा नेपालका पहिलो दन्त चिकित्सकका रूपमा काम गरेका डा श्रेष्ठले गरेको महत्वपूर्ण कार्यको चर्चा यस लेखमा गरिएको छ ।संखुवासभा जन्मी गाउँकै हाइस्कुलबाट शिक्षा प्रारम्भ गरेका उनले खस्र्याङ गइ पढे । दार्जिलिङबाट स्कुलेशिक्षा पूरा गरी त्रिचन्द्रबाट आइएस्सी सक्काएर एमबीबीएसका लागि छानिए र ज्वरो थलिए  र अवसर गुम्यो । पछि कोलम्बो प्लानमा पञ्जाब युनिभर्सिटीमा चार वर्षे अध्ययन गरी दन्त चिकित्सक बनेका श्रेष्ठले विराटनगर अस्पताल बाट जागिर सुरु गरेका हुन् । केहि समयपछि अमेरिका पुगी त्यही सहायक प्राध्यापकका रूपमा काम गरेका र अन्तिमकाल त्यहीँ बिताए पनि उनले नेपालमा दन्त चिकित्साका क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको चर्चा यस लेखमा गरिएको छ।

 

यसरी नेपालमा अस्पताल स्थापना र चिकित्सा क्षेत्रमा अतुलनीय योगदान गरेका सोह्र वरिष्ठ चिकित्सकका बारेमा लेखिएको यस कृतिमा वरिष्ठ चिकित्सकका जीवनका आरोह अवरोहसहित नेपालमा स्वास्थ्य क्षेत्रको पृष्ठभूमि र विकासको ऐतिहासिक दस्तावेज बनेको छ । सरल भाषाशैलीमा लेखिएको यस कृतिलाई रत्नपुस्तक भण्डारले प्रकाशन गरेको छ । १६० पृष्ठको संरचना रहेको पुस्तकको मूल्य ३९५ रहेको छ । नेपालको चिकित्सा क्षेत्रको इतिहास बुझ्न खोज्ने शोधार्थी र खोजार्थीका लागि अति नै उपयोगी रहेको छ।

 

bbiibash@gmail.com
चिसापानी, काठमाडौं

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार