• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
मनोरञ्जन

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म 'चेली'

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ।

 

नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै  उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई  भिडियोमा देखाइएको छ कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको 'चेली'मा टिकाराम घले , माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ ।


सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ।  म्युजिकल स्टोरी फिल्म 'चेली'लाइ एम सिरिज ग्लोबल(M-Series Global ) ले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीतलाई दर्शकको अत्याधिक रोजाइमा परेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार