`द्रौपदी´को कर्णाली कटौला
![](https://freshnewsnepal.com/uploads/news/images/1550658975unnamed-edd.jpeg)
काठमाडौं । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको `द्रौपदी´ फिल्मको ``कर्णाली काटौला´´ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो ।
निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन ।डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन ।
निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक बिषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्कीएको छ ।
डेब्यु अभिनेत्री आश्वीनी शाहीले `द्रौपदी´ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो l
८ चैतबाट देशब्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।
आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।
प्रतिकृया दिनुहोस