• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
डबली

अहिले ५ गुणा पारिश्रमिक बढेको छ : बिजय बराल

काठमाडौं । साहित्य, संगित र अभिनय । यी तीनवटा कलाका विभिन्न आयाममा पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार बिजय बराल ।

 

अहिले व्याण्डहरु सेलाइरहेको समयमा पनि लामो समयदेखि व्याण्ड सहित सक्रिय रहनुभएकी गायिका, गीतकार तथा कम्पोजर अभय सुब्बा सामाजिक सञ्जाल अनुसार नयाँ पुस्ताको टेष्ट बुझ्दा सँगै जान सकिने बताउँछिन् । उनले भनिन्, अहिलेका पुस्तालाई संगितमा पिस (शान्ती) मनपर्छ, पहिले रिस मनपथ्र्यो । व्यण्ड मात्रै हैन, यसमा महिलाको आवाज त झनै बिरलै सुनिन्छ । यस बिषयमा पनि अभयाले यदि गायिका मात्रै भएको भए आफु पनि हराउने बताइन् । उनले भनिन्, गायिका र गाउने महिला धेरै भएपनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु । गीत आफै लेख्छु, आफै कम्पोज गर्छु । त्यसैले म यहाँ छु ।


लेखक पत्रकार बसन्त बस्नेतले उनले अहिलेसम्म लेखेका दुईथरी पुस्तकका बारेमा बताए । उनले भने, पहिलो पुस्तक कन्टेम्पोररी हिस्ट्रीका बारेमा थियो । मधेशको यथार्थ घटनालाई पत्रकारको आँखाले देखेका कुरा उतारिएका थिए । पछि दुईवटा उपन्यासमा व्यक्ति र समाजलाई बुझ्न सकिन्छ । लेखन सबै साहित्य मान्न नसकिने पनि उनले बताए । भने, अरु मानिसको निजी भोगाइलाई साहित्य मान्न सकिँदैन । अहिले पत्रकारिता र उनले अहिलेको पुस्ता सहित्यसँग जोडिएको पनि उनले दावी गरे। भने अहिले पढ्ने संस्कार कम भयो भन्ने चलन छ । तर तथ्य र तथ्यांकले त्यस्तो देखाउँदैन । पहिले पत्रकारिता हतारको साहित्य भन्थे । अहिले साहित्य समाचारमा पसेको हो कि सहित्यमा समाचार भन्ने प्रश्नमा उनले भने दुबैका अक्षर एक्प्रेसन पसको बताए ।

 

पूर्ण बहादुरको सारङ्गीबाट चर्चित भएका कलाकार बिजय बरालले अभिनयलाई पढाईले निखारता ल्याउने बताए । उनले भने, अभिनय जन्तजातै हुन्छ । हरेक कुरा अब्र्जभेसन गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ । उनले अभिनय पनि एक जनरा भएको भन्दै भने, अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ । मेरो फिल्म पुर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यहि रहेको उनको भनाई छ ।

 

पहिले सहायक भुमिकामा रहँदा र अहिले मुख्य भुमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए । उनले भने, सहायक भुमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भुमिकामा जिम्मेवारी वोध र दवाव महशुस हुने रहेछ । उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए । फिल्ममा अब त तपाई पनि हिरो है भन्ने प्रश्नमा उनले हाँस्दै भने, हिरो त म मेरो श्रीमती र छोरोको मात्रै हो, अरुको लागि त क्यारेक्टर हिरो हुने हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार