• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
बिश्व

ह्यारिस र ट्रम्पमध्ये कसले जिते भनेर कहिले थाहा भइसक्छ

काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ।


डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्। सात 'स्विङ स्टेट' सहित विभिन्न राज्यले सन् २०२० को निर्वाचनपछि भिन्नाभिन्नै गरेका परिवर्तनका कारण यो वर्ष मतगणनाको परिणाम ढिलो आउन पनि सक्छ।

 

यद्यपि मिशिगनजस्ता राज्यमा गणनाको गतिलाई बढाइएको छ। अनि कोभिड महामारीका बेला भएको गत निर्वाचनसँग तुलना गर्दा यसपालि हुलाकमार्फत् गरिने मतदानको सङ्ख्या निकै घटेको छ।

यी सबै कुराहरूले के सङ्केत गर्छन् भने विजेताको नाम घोषणा हुन निर्वाचन सकिएकै राति, भोलिपल्ट बिहान वा कैयौँ दिन वा केही साता पनि लाग्न सक्छ।

 

मतदान हुने दिन नजिकिँदै गर्दा देशभरि र ुस्विङ स्टेटुमा गरिएका मतसर्वेक्षणहरूले यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन्। त्यसले विभिन्न स्थानमा थोरै मतान्तरले जितको छिनोफानो हुन सक्ने देखाउँछ। परिणामस्वरूप पुनः मतगणना पनि हुन सक्छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार