‘पूर्णबहादुरको सारंगी’ लाई उच्च ‘शो’
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै उच्च ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले अप्रत्यासित रुपमा दर्शकलाई सिनेमा हलसम्म आकर्षित गरिरहेको छ भने फिल्म हेरेका दर्शकको मन जितिरहेको छ ।
यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ शो पाएर कीर्तिमान बनाएको थियो । तर, एक महिनाभित्रै उक्त रेकर्ड ब्रेक भएको हो । ‘बेहुली फ्रम मेघौली’ सोलो रिलिज भएकाले सुरुवातमै त्यति धेरै शो पाएको थियो । पूर्णबहादुरको सारंगीलाई सुरुमा हलवालाहरुले पत्याएका थिएनन् ।
गत कार्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो फिल्मले बिहीवार नेपालभरका सिनेमा हलमा तीन सय ८० भन्दा बढी ‘शो पाएको थियो । यसले नेपाली फिल्मको इतिहासमै एकैदिन सबैभन्दा धेरै शो पाउने नेपाली फिल्मको कीर्तिमानसमेत बनाएको फिल्मको निर्माण संस्था सेभेन सिजले जनाएको छ । तिहारको अघिल्लो दिन शुक्रबार दुई भारतीय फिल्म रिलिज भएसँगै हलहरुले ु चलचित्रलाई जम्मा ५७ शोमा खुम्च्याइदिए । भारतीय चलचित्र ‘सिंघम अगेन’ लाई उनीहरुले १२१ शो र ‘भुलभुलैया ३’ लाई ८३ शो दिएका थिए ।
‘पूर्णबहादुरको सारंगी’ले दर्शकको अभूतपूर्व माया र साथ पायो । माउथ पब्लिसिटी व्यापक भएपछि हल सञ्चालकहरुले यस फिल्मको शो थप्न वाध्य भए । चलचित्रले अहिले ४०० भन्दा बढी शोहरु पाएको वितरक प्रचण्डमान श्रेष्ठले बताए । उनका अनुसार, ‘अष्टनारायण हल लगायत हलहरुले दिएको शोहरुको हिसाबकिताब राम्रोसँग आएको छैन ।
प्रतिकृया दिनुहोस