• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
खेलकुद

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १ गोलले पराजित भएको हो ।

 

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो भने त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो ।

 

मोनिका चक्माले बंगलादेशको लागि अर्को गोल थपेकी थिइन। त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालले भने छैटौं पटक उपविजेतामा सीमित भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार