• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
मनोरञ्जन

नाचघरमा घन्कियो गायक चन्दको आवाज

काठमाडौं । गायक रामचन्द्र चन्दको उपचारार्थ राजधानीमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । गुल्मी कलाकार समाजले ‘रामचन्द्र चन्द विशेष साङ्गीतिक कार्यक्रम एवं विजया दशमीको शुभकाना आदान–प्रदान’  साङ्गीतिक साँझ भव्य रुपले आयोजना गरेको छ। 

 

गायक चन्दले गुल्मी हो नाम, आमा तिम्रो दुधको भारा, भिरमा रुदैछु लगायत दर्जनौ लोक भाका प्रस्तुत गाएका थिए । साङ्गीतिक कार्यव्रmममा वाद्यवादक कमल विक, रत्न विक, भुपेन्द्र रसाईली, धर्म गन्दर्भ, सुरज प्रधान, अनुप दास र दिनेश रेग्मी, भरत बुढाथोकी, मेघराज लुङ्गेलीलगायतले गायक चन्दलाई साथ दिएका थिए । गायक÷गायिका प्रसाद खप्तडी मगर, टिका पुनलगायतले चाँही गायक चन्दलाई गायनमा साथ दिएका थिए ।  

 

गुल्मी जिल्ला, मदाने अग्लुङका गायक रामचन्द्र चन्दलाई कोरोना–१९ सङ्क्रमणपछि दुवै हिपको हड्डी खिइने समस्या भएको छ । कार्यक्रमका संयोजक मञ्जु पौडेलले गायक चन्दको उपचारका लागि आवश्यक आर्थिक रकम सङ्कलन गर्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । संयोजक पौडेलले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट गायक रामचन्द्र चन्दको उपचारका लागि आवश्यक रकम सङ्कलन गर्न सकिने अवस्था भए पनि गायक चन्दले त्यस्तो सहयोग अस्वीकार गरेको बताइन । 

 

गुल्मी कलाकार समाजका निवर्तमान अध्यक्ष बमबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा गायक रामचन्द्र चन्दको जीवनी सम्वन्धी छोटो भिडियो पनि प्रस्तुत गरिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार