• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
मनोरञ्जन

‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम हुने

काठमाडौं।डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ।नेपाली टच नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच  ‘सोनु निगम लाइभ इन नेपाल’को  औपचारिक घोषणा गरेको हो।
 
 

नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा बोल्दै ‘नेपाली टच ‍नेपाल’का प्रमुख राजकुमार गोस्वामीले  अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार  सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

 
‘हामीले विगत १४(१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो’, उनले भने ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ’
 

 
गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरे।कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्।
कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ।


 
जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार , फेस्टिभ प्ल्याटिनमको ४ हजार , फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भिभिआइपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। जसमा प्ल्याटिनम टिकट किन्नेले एउटा वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखिका सबै टिकट क्रेताले  निःशुल्क फुड एण्ड वेभरेज पाउनेछन्।


 
यो शुल्क दशैंतिहारको फेस्टिवल अफर भनेर निश्चित संख्याका टिकटका लागि मात्र उपलब्ध हुने जानकारी आयोजकले दिएको छ।भिभिआईपी टेवलमा ५० हजार तिर्नेले एक टेवल तथा ६ वटा कुर्सी पाउनेछन्।
 

 
यसैगरी टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूलोराम्रो इभेन्टको आवश्यक्ता महशुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार